Subas Niraula
  • Services
    • Graphic Design
    • Social Media Design
    • Website Design
    • Logo Design
  • Tools
    • Date Converter
    • Easy Nepali Type
    • Preeti to Unicode Converter
    • Unicode to Preeti Converter
    • नेपाली पात्रो
  • FREE DOWNLOADS
    • Windows Softwares
    • PSD/Vectors
    • Wallpapers
  • ABOUT ME
Subas Niraula
  • Services
    • Graphic Design
    • Social Media Design
    • Website Design
    • Logo Design
  • Tools
    • Date Converter
    • Easy Nepali Type
    • Preeti to Unicode Converter
    • Unicode to Preeti Converter
    • नेपाली पात्रो
  • FREE DOWNLOADS
    • Windows Softwares
    • PSD/Vectors
    • Wallpapers
  • ABOUT ME
DesignsFree DownloadsWallpapers

WE ARE CREATORS WALLPAPER (FREE DOWNLOAD)

June 1, 2020
DesignsFree DownloadsWallpapers

LUIS SUAREZ 9 WALLPAPER (FREE DOWNLOAD)

June 1, 2020
DesignsFree DownloadsWallpapers

LIONEL MESSI ‘The Best’ WALLPAPER (FREE DOWNLOAD)

June 1, 2020
DesignsFree DownloadsWallpapers

MESSI, Barca, Avengers Wallpaper (Free Download)

June 1, 2020

Ashish Chanchlani as an Avenger

June 1, 2020

MESSI, An Alien on Earth Wallpaper (Free Download)

May 30, 2020
Tech

Create a website in 15 minutes for free of cost. How to make .np website ?

by Subas Niraula April 21, 2018
In this time, If you are a blogger or YouTuber or developer or whatever, we all want to have at least a website. The globally famous website extensions are .com/ .net/ .org and the .np domain extensions are Nepali version. There are many website extension in the world and some of them are paid and some of them are free too. If you want to register your domain as .com/ .net/ .org/ etc. (Top Level Domains) extension then you have to pay certain amount of money. We all want to get a domain but don’t want to pay any amount. Here is the .np domain which is completely free(only domain Registration). Here are some process to get .np domain and follow every steps carefully to be success.

Step 1: Visit register.com.np (Official .np registrar) and check about availability (If available click on register now)

Step 2: Sign In or Create User for this site and go to next step.
Step 3: Fill the name-server option (Name-server may be paid or free, click here to know more about nameservers.)
Step 4: Fill the Administrative/ Technical Contact Option carefully and click on Save and Continue.
Step 5: You must submit your documents in this step.
             1. Cover Letter (format of cover letter must be like this following image. You can use cover letter                                     handwritten or printed or photo-shopped)
             2. Copy of your Citizenship/Passport: upload your doc’s scan copy.
Step 6: After uploading docs click on Request Domain. And finally your domain will be reviewed and after certain time your domain will be active.
[addthis tool=”addthis_inline_follow_toolbox_0ydp”]
Watch This Tutorial Video to know more about this article:

April 21, 2018
1 FacebookTwitterPinterestWhatsappTelegramEmail
InformationsTech

Solution of Over hitting of PC / ल्यापटप तातेमा के गर्ने ?

by Subas Niraula May 8, 2018
आफ्नो ल्यापटप दैनिक प्रयोग गर्दा बढी तात्न सक्छ । तातेको ल्यापटपलाई उचित हेरचाह र संरक्षण गर्न सकिएन भने चाँडै बिग्रिन पनि सक्छ । बढ्दो गर्मीसँगै ल्यापटप बढी तातिने समस्या आउन सक्छ । ल्यापटपमा हुने ‘ओभर हिटिङ’को समस्या यसरी समाधान गर्न सकिन्छ…
 
ब्याट्री र पंखाको सरसफाइ
आफूले प्रयोग गर्ने ल्यापटपको ब्याट्री र पंखामा धुलो पस्ने भएकाले समयसमयमा सरसफाइ गर्नुपर्छ । ब्याट्री र पंखामा धुलो एवं फोहोर जम्यो भने ल्यापटपमा समस्या आउन सक्छ । त्यसैले फ्यान र ब्याट्रीको एक वा दुई महिनामा सरसफाइ गरिरहनुपर्छ । ब्याट्री र पंखामा भएको धुलो सरसफाइ गर्न ल्यापटपको खोल्न स्क्रु डाइभर र सावधानी आवश्यक पर्दछ । त्यसैगरी इलेक्ट्रोनिक्स डिभाइसको सफाइका लागि ‘क्यान्नड एयर‘ चाहिन्छ । यसलाई ग्यास डस्टर पनि भनिन्छ । यो बजारमा सहजै पाइन्छ ।
 
कसरी सफा गर्ने
ल्यापटपको ब्याट्री तथा पंखाको सरसफाइका लागि सुरुमा त्यसलाई सिस्टमबाट अलग गराउनु पर्छ । त्यसपछि
क्यान्नड एयरले त्यसलाई सफा गर्नुपर्छ । त्यसले भित्र रहेका फोहोर निकाल्छ । पंखा सफा गर्दा धेरै दबाब दिनुहुँदैन । सावधानीपूर्वक काम गर्नुपर्छ ।
सफा गर्दा यसो नगर्ने
चिसो वा पानी भएको कपडाले पुछ्नु हुँदैन । पंखाको ब्लेड्सलाई धेरै दबाब दिएर मोड्ने काम पनि गर्नु हुँदैन । यदि पंखाले काम गर्न छोडेको छ भने धेरैबेर चलाउनु हुँदैन । धेरै समय सिस्टममा राख्यो भने ओभर हिटिङको समस्या झन् बढ्छ ।
१. कुलिङ किटको प्रयोग
ल्यापटप ओभर हिटिङको समस्या समाधानका लागि कुलिङ किटको प्रयोग पनि गर्न सकिन्छ । बजारमा तीन सय रुपैयाँदेखि माथिका फरकफरक मूल्यका कुलिङ किट पाउन सकिन्छ । ल्यापटप पुरानो बन्दै गएको छ र बढी प्रयोग गरिन्छ भने कुलिङ किटबाट पनि समस्या आउन सक्छ । यस्तो बेलामा अतिरिक्त कुलिङ किटको प्रयोग गर्न सकिन्छ ।
२. उचित कुलिङ किट लिने
ल्यापटपका लागि प्रयोग गरिने कुलिङ किट ल्यापटपको बनावटसँग मेल खाने हुनुपर्छ । गलत पंखाको प्रयोगले ल्यापटपमा समस्या आउन सक्छ । कुलिङ किट किन्नुभन्दा पहिले ल्यापटप जाँच गर्नुपर्छ । जसबाट उचित पंखा किन्ने सल्लाह प्राविधिकले दिन सक्छ ।
३. ल्यापटप राख्ने तरिका
ल्यापटप प्रयोगका बेला त्यसले बेसबाट हावा लिइरहेको हुन्छ । त्यसैले सिरक, डसना तथा हावा छेक्ने सामानमाथि राखेर ल्यापटप चलाउनु हुँदैन । ल्यापटपले राम्ररी हावा लिन नसक्दा ओभर हिटिङको समस्या आउन सक्छ । ल्यापटप टेबल वा कपडा भएको ठाउँभन्दा अलग्ग राख्यो भने हिटिङ हुने सम्भावना कम हुन्छ ।
कुलिङ फ्यानको सट्टा कुलिङ म्याटमा राखेर काम गर्न पनि सकिन्छ । बेडमा ल्यापटपको प्रयोग गर्दा मुनि कुनै कडा सामानजस्तो पुस्तक, काठको टुक्रा आदि राख्न सकिन्छ जसले हावा छेक्न नसकोस् ।
४. ब्याट्रीको सुरक्षा
ल्यापटपको ब्याट्रीलाई गर्मीमा बढी ख्याल गर्नुपर्छ । जसका लागि निम्न उपाय अपनाउन सकिन्छ – चार्ज गरिरहेका बेला ल्यापटपलाई आफूबाट टाढा राख्नुपर्छ । ब्याट्री चार्ज भएपछि चार्जरलाई अलग गर्नुपर्छ ।यदि ब्याट्री तात्न थाल्यो भने लगातार ल्यापटपको प्रयोग नगर्नु राम्रो हुन्छ । अर्थात् केही समय बन्द गरेर चलाउनुपर्छ । कुलिङ किट प्रयोग गर्दा पनि ब्याट्री तात्ने क्रम रोकिएन र ब्याट्रीको ब्याकअप चाँडै सकिन थाल्यो भने लगातार चार्ज गर्नुको सट्टा ब्याट्रीपरिवर्तन गर्नुपर्छ ।
[addthis tool=”addthis_inline_follow_toolbox_0ydp”]
May 8, 2018
0 FacebookTwitterPinterestWhatsappTelegramEmail
InformationsTech

What should we do if our phone got wet ?

by Subas Niraula May 8, 2018
Mobile, Our 6th sense. We all need it every time and everywhere. Unfortunately, sometimes our phone got wet accidentally and if we didn’t care it will  be damaged. Here are the some points you most follow to save your phone if it gets wet. 

1. Immediately turn your phone off if it is not and do not turn it on.
2. Remove the battery: When your phone is drowned do not think too much,
just open the back cover of your cell phone and remove the battery. If you
don’t remove the battery it will cause a short circuit.
3. Remove accessories: Remove the SD Card, Sim card, and all the accessories as
faster as you can.
4. Do not press any buttons or keys and also do not shake, tap and bang
the phone.
5. If the water is too much, you can use a vacuum to carefully suck out
water stuck from the cracks that are harder to get at. But you must be careful
that all the parts or accessories are out of the device.
6.You can use soft and dry cloth which cause the water to spread around and make
your phone dry in short period of time. But do not wipe because this cause the
water to spread around.
7. Put the Cell phone in rice bags: Putting a cell phone in rice bags?
It sounds ridiculous but it is true that rice can easily absorb the water.
8. Don’t use the hair dryer to dry phone because this may damage the
internal components of the phone.
9. Do not open your phone at least before 3 days.
10. If your phone doesn’t turn on, try charging it. If it doesn’t
charge, the battery may be damaged. So, first of all, change your battery.
11. If your mobile is turned on and start to work don’t feel secure you
must have to be careful about it.

 

Share this to make people aware.
[addthis tool=”addthis_inline_follow_toolbox_0ydp”]
May 8, 2018
0 FacebookTwitterPinterestWhatsappTelegramEmail
Informations

How to decrease Fat || Some Entertaining fact about weight loss

by Subas Niraula April 13, 2018
तपार्इं हामीमध्ये धेरैले तौल घटनाउने अनेक प्रयत्न गरेका छौं । यस क्रममा धेरै मुल्य पनि चुकाएका छौं । तर, तौल
बढाउने अभियानमा कति सफल भयौं तर
तौल घटाएर हामी कति स्वस्थ र खुशी भयौं तनिश्चय नै
छैनौं । हामीमध्ये धेरै जोशका साथ तौल घटाउने यात्रा तय
गर्छाैं तर विस्तारै हतोत्साहित
हुन्छौं । केही दिनमै हामी उही एउटै ठाउँमा
दिनभर बसिरहने वा भिडियो गेम खेल्ने र टेलिभजन
हेरेर बस्ने उहही दैनिकीमा
फर्किन्छौ । यो यसले हामीमा मोटोपन निम्त्याएको छ ।
मोटोपनले मुटुसँग 
सम्बन्धित रोगमात्र होइन, निन्द्राको स्तर, मुड लगायत स्वस्थ्य सम्बन्धि
अन्य समस्या निम्त्याउँछ । अस्वस्थ जीवन शैलीका
कारण हामीमा असन्तोष र दुःख
पनि बढ्छ । एक पटक
मनन गरौं त तौल घटाउनका लागि हाम्रा कुनै पनि पुर्खालाई व्यायाम र
डाइटको
तालिका बनाएनन् । किनकी उनीहरु दैनिक ६ देखि १० माइल हिड्ने वा
कामको
सिलसिलामा हतार
–हतार
हिड्ने गर्थे । आधुनिक समयमा मानिस औषतमा दैनिक २
माईल भन्दा हिँड्दैनन् । अझ
उदेक लाग्दो पक्ष त के छ भने स्वास्थ्यका कथित रोल मोडल स्वस्थ भएर जीउन
संघर्ष
गरिरहेका छन् । धेरै नसर्
,
चिकित्सक र अन्य स्वास्थ्यकर्मी वास्तवमै
मोटा छन् । यस्ता चिकित्सक र स्वास्थ्यकर्मीले दिएको सुझाव
सर्बसाधरणले कसरी मान्छन् तौल
घटाउने विषयमा भ्रम
तौल घटाउन क्रममा आफ्नो दैनिक भोजन घटाएको भन्ने
धेरै मानिसको भनाईले मलाई
दिक्क पार्ने गरेको छ । भोकै बस्दा तनाब बढाउने
हर्मन जस्तै कोर्टिसोल र

इन्सुलिन बढाउने हर्मन निस्काशन हुन्छ । यी हर्मन
निस्काशन हुनु भनेको झन्

असन्तुलिन तौल बढ्नु हो ।
हामी
मध्ये धेरै मानिस भुँडी बाहेकको शरिरमाथि गर्व गर्छौ । भुँडी
घटाउने केही अभ्यास पनि गर्छांै
। यो त एउटा एका देशको कथा मात्र हो । शरिर
घटाउन समग्र व्यायाम गर्नुपर्छ । एउटा भुँडी घटाउने
व्यायामले मात्र तौल

घट्दैन ।
बर्षोदेखि
मानिहरु एउटा भ्रममा बाँचेका छन् । त्यो के भने मोटो खराब हो ।
यो
वास्तवमा सत्य होइन । सबै मोटो खराब होइन । हट डग्स
, दुध, आइसक्रिम, चकलेटका सन्तृप्त फ्याट अस्वस्थ हो । तर, एभोकेड, जैतुनको
तेल
, बदाम, मकैको तेल, सूर्यमुखीको
तेल
, माछामा
पाइने ओमेगा ३ स्वस्थकर फ्याट हो ।
भर्खर
जिम हलमा जाने नयाँ मानिसको तुजुक नै बेग्लै हुन्छ । जसका कारण
उसको
माशंपेशीमा पीडा हुने र निको हुन नै केही दिन लाग्छ । अर्को शब्दमा
भन्नुपर्दा
यो सहयोगी भन्दा पनि स्वास्थ्यका लागि हानिकारक छ । सातामा दुई
तीन
पटक यस्तो अभ्यास गरेर वा दैनिक दुई देखि तीन माईल कुद्दा मेरो
सम्पूर्ण
लक्ष्य प्राप्त भयो जस्तो लाग्छ ।
उचित
डाइट र व्याययमका बाबजुद पनि तौल नघट्नुमा धेरे कारण छन् ।
अपर्याप्त निन्द्रा, तनाब, डिप्रेसन, अत्यधिक
एन्टिबायोटिकको प्रयोगले

तौलको अप्रत्यक्ष बृद्धि गरेको हुन्छ । त्यसैले
हाम्रो जीउने अवस्थाले पनि
स्वास्थ्यमा ठूलो प्रभाव पारेको पाइन्छ । जस्तै
एउटै परिबारमा बस्ने

मानिसमध्ये कुनै एउटाले अत्यधिक धेरै खाने वा अन्य
अस्वस्थ जीवन शैली

अप्नाउदा पनि अरुलाई पनि यसको असर हुन्छ । तौल
घटाउने उपाय
वैज्ञानिकहरुका अनुसार तौल घटाउन व्यायाम, पोषण र
स्वाभाव परिवर्तन गर्न आवश्यक छ । व्यायाम
पाँच प्रतिशत तौल घटाउनले मुटु
रोगको खतरा र टाइप टु डायबिटिज नहुने
वैज्ञानिकहरु बताउँछन् । तसर्थ तौल घटाउने सजिलो
तरिका भनेको हामीले लिने

क्यालिको मात्रा भन्दा पनि शरिरको क्यालोरी उपयोग
गर्नु हो । व्यायाम गरेर

वा क्यालोरी खाने मात्रा रोकेर यो सफलता प्राप्त
गर्न सकिन्छ । एक पछिल्लो
अध्ययन अनुसार क्यालोरीको मात्रा घटाउन भन्दा पनि
व्यायायम प्रभावकारी

हुन्छ । डाइटिङ सम्बन्धि नियम पालना गरेर जो कोहीले
पनि तौल घटाउन सक्छ तर

यसले अर्को स्वास्थ्य सम्बन्धि समस्या ल्याउन सक्छ
।
व्यायामका
बाजजुद दैनिक तीन घन्टा भन्दा बढी बस्दा समय नपुगी मृत्यु
हुने ५४ देशहरुबाट सग्रह गरिएको
एक तथ्यांकले देखाएको छ । दौड
,
वाइकिङ, भर्याङ चढ्ने जस्ता व्यायायमले तौल घटाउन
महत्वपूर्ण भूमिका खेलेका हुन्छन्
।
इन्टरनेट
र एप्स भर्सनमा पाईने ७ मिनेट वर्कआउट थोरै समय हुनेका लागि
एउटा उपयोगी व्यायाम हुन सक्छ ।
यस नयाँ आविश्कारले समय थोरै भएको बहानमा
व्यायायम नगर्नेलाई सहयोग गर्ने वैज्ञानिकहरुको
भनाई छ ।
मोटोपनः खराब
प्रकारको खानेकुराहरु जस्तै चिनि
,
प्रषोधित गेडागुडी, कार्बोहाइड्रेडको उपभोगपछि खानापछि झन् आशक्ति
बढ्ने र

भोक बढ्छ । हामीले खाइरहेको खानाको बारेमा थाहा
पाइराख्नु महत्वपूर्ण हुन्छ
। परिष्किृत र प्याक गरिएको खानेकुरा जस्तै
मोनोसोडियम ग्लुटामेटले छातीको
पीडा बढ्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने र श्वास फेर्न गाह्रो हुने गर्छ ।
दैनिक चार पाँच पटक थोरै

थोरै गरेर खाना खानुपर्छ । फलफूल, गेडागुडी, बदाम, जैतुनको
तेल
, माछा, न्यून
फ्याट भएका खानेकुराले तौल घटाउन सहयोग
पुर्याउँछ ।
स्वभाव
परिवर्तनः

सामान्य स्वभाव परिवर्तनले पनि स्वास्थ्यमा
महत्वपूर्ण असर गर्छ । खाना खानुअगाडि एक दुई गिलास पानी
पिउने, शरिरलाई
हाइड्रेड बनाउने र थोरै तर पटक पटक खाना र प्रशस्त फलफुल
तथा तरकारीले पनि तौल घटाउन
सहयोग गर्छ ।
खानेकुरामा
स्वस्थ तरिका अप्नाउनुका अतिरिक्त शारिरिक गतिविधिलाई पनि
बढाउनुपर्छ । जस्तै गाडिलाई
पार्किङ लट भन्दा टाढा राख्ने
,
अफिसको डेक्सबाट टाढा पानीको बोतल राख्ने, बारम्बार
उभिने इत्यादि । यसले तपाईंको उर्जा
खपत गर्न सहयोग गर्छ ।
घरभित्र
गर्ने शारिरिक गतिविधि
,
भर्याङ चढ्ने झर्ने, हिड्ने, जस्ता कार्यले पनि व्यायाम हुने विज्ञहरु बताउँछन्  ।
व्यायामले १२ घन्टासम्म मुड
ताजा बनाउँछ । बिहानी व्यायाम स्वास्थ्यका लागि
धेरै फाइदाजनक हुन्छ ।
[addthis tool=”addthis_inline_follow_toolbox_0ydp”]
April 13, 2018
0 FacebookTwitterPinterestWhatsappTelegramEmail
Informations

मानिसको शरीर सम्बन्धि जान्नैपर्ने ५० सत्य तथ्यहरू || Amazing facts of Human Body

by Subas Niraula April 13, 2018
मानिसको शरीर सम्बन्धि सबैले जान्न जरुरी छ । मानिसले नजानी नहुने पचास वटा अनौठा तथ्यहरु यसप्रकार छन् –
१. भर्खर जन्मेको बच्चाका
३ सय वटा हड्डी हुन्छन् । उमेर बढ्दै जाँदा केही
हड्डी आपसमा मिल्छन्
। वयस्क हुँदासम्म मानिसमा २ सय ६ वटा हड्डी हुन्छन् ।
२. १० हजारजनामा १
जनाको आन्तरिक अंग सामान्यभन्दा उल्टो हुन्छ ।
३. मानिसको तौलको १०
प्रतिशत भाग ब्याक्टेरियाको हुन्छ ।
४. १० प्रतिशत पुरुष
र ८ प्रतिशत महिला बाँया हातवाला हुन्छन् ।
५. मानिसको टाउकोको
कपाल हरेक दिन ८० वटा झर्छन्…
६. दिमागमा ८०
प्रतिशत पानी हुन्छ ।
७. मधुमेहका कारण
विश्वमा हरेक मिनेट ६ जनाको मृत्यु हुनेगर्छ । हरेक वर्ष
३२ लाख मानिसको
मृत्यु मधुमेह र यससम्बन्धी कारणहरुले हुनेगर्छ ।
८. जम्मा बडी फ्याटको
महिलामा ४० प्रतिशत र पुरुषमा ३५ प्रतिशत नपुगेसम्म बडीफ्याट स्वास्थ्यका लागि
हानिकारक हुँदैंन ।
९. ब्रेकफास्टले
दिनभरमा ५ प्रतिशतदेखि २० प्रतिशत क्यालोरी बर्न गर्न सहयोग गर्छ ।
१०. राता रक्तकोष २०
सेकेण्डभर शरीरका सबै भागमा फैलन सक्छ ।
११. बच्चा जन्मदाँ
घुँडाको बाहिरी हड्डी हुँदैंन । २ देखि ६ वर्षको बीचमा बल्ल यो विकसित हुन्छ ।
१२. बच्चाको टाउको
कुल उचाईको एकतिहाई हुन्छ
, तर २५ वर्षको उमेरमा कुल उचाईको ८ भागको एक भाग
हुन्छ ।
१३. रगतको एउटा
थोपामा २५ करोड कोष हुन्छन् ।
१४. गर्भको शिशु ३
महिनाको हुँदा हातका पन्जा विकसित हुन्छन् ।
१५. मुत्राशयको आकार
लगभग एउटा सफ्ट बलबराबर हुन्छ ।
१६. कपालको रौं दिनको
०.३ देखि ०.५ मिलिमिटर बढ्छ
, जुन महिनामा १ सेमिदेखि १.५ सेमि र वर्षमा १२ देखि
१५ सेमि हुन्छ ।
१७. कडा काम गर्ने एक
वयस्कले दैनिक ४ ग्यालेन (१ ग्यालेन बराबर ३.७ लिटर) पसिना निकाल्छ ।
१८. स्वस्थ कलेजोले
दैनिक ७ सय २० लिटर रगत प्रशोधन गर्छ ।
१९. मानिसको शरीरमा
तातो महसुस गर्ने २ लाख अंग हुन्छन् ।
२०. मानिसको शरीरमा
छुँदाखेरि महसुस गर्ने ५ हजार अंग हुन्छन् ।
२१. शिर काटिएको २०
सेकेन्डसम्म मानिसको शरीर चेतनशिल हुन्छ ।
२२. डायफ्रागम नामको
मांसपेशीले मानव श्वासप्रश्वास प्रक्रिया नियन्त्रण गर्छ ।
२३. भर्खर जन्मिएको
बच्चाले जन्मनुअघि भएको स्नायुकोषको आधा भाग गुमाउँछ ।
२४. भर्खर जन्मिएको
बच्चाको २६ अर्ब कोष हुन्छन् ।
२५. नवजात शिशुको
दिमाग एक वर्षमै ३ गुणा चाँडो वृद्धि हुन्छ ।
२६. दुईवटा खुट्टामा
५ लाख वटा पसिना ग्रन्थी हुन्छन्
, जसले एक दिनमा एक पिन्ट पसिना उत्पादन गर्छन् ।
२७. एक व्यक्तिले
जीवनभरमा श्वासमार्फत्४५ पाउन्ड धुलो लिन्छन् ।
२८.मानिस एक
महिनासम्म खानाविना बाँच्न सक्छ तर
, पानीविना एक सातामात्र बाँच्न सक्छ ।
२९. मानिस कति अग्लो, कति पुड्को भन्ने
कुरा उसको जिनमात्र नभई ग्रोथ हर्मोनमा पनि भर पर्छ ।
३०. खाना नखाएको
भन्दा नसुतेको मानिस चाँडो मर्ने सम्भावना हुन्छ ।
३१. कपालको एउटा
रौंले १ सय ग्रामसम्मको तौल धान्न सक्छ भने कपालको पूरै रौंले १२ टनसम्म धान्न
सक्छ ।
३२. छोरा जन्मन
मानिसको शुक्रकिटमा ३७.५ एमबि पुरुष डिएनए चाहिन्छ ।
३३. मानिसको
हाँच्छ्युँको गति १६६ किलोमिटर प्रतिघण्टा हुन्छ भने खोकी १ सय किलोमिटर
प्रतिघण्टाको हुन्छ ।
३४. एक वर्गइन्च
छालामा १३०० स्नायुकोष हुन्छन् ।
३५. पुरुषको भन्दा
महिलाको मुटु छिटो
धड्कन्छ ।
३६. एउटा पिनमा १०
हजार मानवकोष अटाउन सक्छन् ।
३७. एकजना वयस्क
पुरुषको वीर्यमा ५ करोड शुक्रकिट हुन्छन् ।
३८. विश्वका एकतिहाई
मानिसमा २०
–२० भिजन हुन्छ ।
३९. मरिसकेपछि
मानिसको शरीर सुख्खा हुन्छ र नङ र कपाल पनि दिनहुँ बढिरहेको भ्रम सिर्जना हुन्छ ।
४०. धेरै खाने
मानिसको सुन्ने क्षमता कम हुन्छ ।
४१. रगत हरेक
मिर्गौलाबाट ४ सय पटक वारपार हुन्छ ।
४२. अमेरिकीहरु
दिनहुँ १८ एकड पिज्जा खान्छन् ।
४३. एक वयस्क मानिसमा
करिब ७००००००००००००००००००००००००००० (७ अक्टालियन) एटम हुन्छन् ।
४४. एक वयस्क पुरुषको
दिमागको तौल १३७५ ग्राम हुन्छ ।
४५. एउटा केशिका
(क्यापिलरी) १ मिलिमिटरको हुन्छ ।
४६. मानिसको शरीरमा ७
वटा साबुन बनाउन मिल्ने बोसो हुन्छ ।
४७. एक मानिसले आफ्नो
जीवनकालमा १६ हजार ग्यालेन पानी पिउँछ ।
४८. एक मानिसले
वर्षमा सरदर १४६० वटा सपना देख्छ भने एक रातमा ४ वटा सपना देख्छ ।
४९. एक मानिस दिनमा
करिब १५ पटक हाँस्छ ।
५०. दिमागको
क्षतिग्रस्त कोष पूर्ण रुपमा मर्मत हुन सक्दैन ।
[addthis tool=”addthis_inline_follow_toolbox_0ydp”]
April 13, 2018
0 FacebookTwitterPinterestWhatsappTelegramEmail
Tech

How to Create Profile Picture Frame in Facebook

by Subas Niraula April 13, 2018
[addthis tool=”addthis_inline_follow_toolbox_0ydp”]
April 13, 2018
0 FacebookTwitterPinterestWhatsappTelegramEmail
Tech

Create Undeletable Folder in Windows, Step by Step

by Subas Niraula April 12, 2018
Here you can know how to create undeletable folder in windows:
Step1. Open CMD as Command Prompt.
Note: After this step make sure that you will not select a root
directory, means, you can only create this folder on non-rooted drives such
as D, E, F, G not the C drive because you
have installed your windows on that Drive.
 
Step2. Open CMD and type E: and hit enter.
Select Your Desire Drive.
 
Step3. Now type md con\ (MD represent Make
Directory) Hit enter.
Note;
Why We Use con? Files may be copied to
devices. For example, copy file con outputs file to the screen console. Devices
themselves may be copied to a destination file, for example, copy con file
takes the text typed into the console and puts it into FILE, stopping when EOF
(Ctrl+Z) is typed.
Now Type md con\
Note: You just created a new folder on E Drive, just check
it out whether it worked or not, Confirm? OK if yes that means you created a
folder, now delete that folder to make sure it is working as undeletable as Title
of the tutorial mentioned, now put some folders and music files
under con and again try to delete con folder if you see no
changes that mean it worked on your computer.
Now Check Your Computer Drive
Now how to delete the undeletable folder? Follow below steps again!
 
Step 4. open your CMD again, type E: hit enter and
again type rd con\ (Remove Directory) hit enter.
To Delete The Same Folder Type rd
con \ 
Your file is deleted. everything is fine, just put the value or code correctly and
you got what you want. Just make sure whether you are a programmer or not,
typing a perfect code is the only genuine work, if you mislead or mistype then
your code then it will not perform.
Stay On, comment below if you want to know
more tricks on the windows computer.
 
[addthis tool=”addthis_inline_follow_toolbox_0ydp”]
April 12, 2018
0 FacebookTwitterPinterestWhatsappTelegramEmail
InformationsTech

मोबाइलमा ब्याट्री टिकाउँने तरिका

by Subas Niraula November 24, 2018

 

पछिल्लो समय मोबाईल फोनले घडि, क्यामरा, रेडियो लगायतका काम गर्ने भएको छ । धेरैको दिनभरकिो सहारा बन्दै आएको छ मोबाईल सेट । तर, धेरै जसो स्मार्टफोनका प्रयोगकर्ताहरु ब्याट्री नटिक्ने समस्याले गर्दा हैरानीमा हुन्छन । केहि सामान्य कुरामा ध्यान दिन सकियो भने यो तनावबाट मुक्त हुन सकिन्छ ।

१) पटक–पटक चार्ज नगर्नुहोस : हामी धेरैको मोबाईल लत भैसकेको छ । लोड्सेडिङको समस्याका कारण भनेको बेलामा चार्ज गर्न नपाइने होकी भन्ने चिन्ताले थोरै चार्ज कम हुने बित्तिकै चार्जमा हाल्छौ । यदि तपाईले पनि यस्तो गर्ने गर्नु भएको छ भने सावधानहुनुहोस् । पटक–पटक यस्तो गर्दा ब्याट्री बिग्रदै जान्छ र आयु कम हुन्छ ।

२) रातभर चार्ज नगर्नुहोस : दिनभरी मोबाईल चलाइन्छ । ब्यस्त जिन्दगी भोली विहानै कतै दौडनु पर्ने हुनसक्छ । त्यसैले हामी धेरैले राती सुत्नेबेलामा मोबाईल चार्जमा राखेर सुत्छौ । रातभरी चार्जमा छाड्दिन्छौ । तपाईको यस्तो बानी छ भने आजैबाट छाड्दिनुहोस् । यसले ब्याट्री सबैभन्दा चाँडै बिगार्छ । यसो गर्दा शक्ति निरन्तर ब्याट्रीमा जान्छ र आयु कम हुन्छ जसले गर्दा ब्याट्री नटिक्ने समस्या देखा पर्छ ।

३) जिपिएस लगातार अन नगर्नुस : ग्लोबल पोजिसन सिस्टम (जिपिएस) लगातार अन गरेर राख्दा ब्याट्री निकै तातो हुने गर्छ । लगातार अनलाइन रहिरहँदा ब्याट्री डिस्चार्ज हुने गर्छ । यी दुई कारणले ब्याट्रीमा नराम्रो असर पर्छ ।

४) धेरै भाइब्रेसन मोडमा नराख्नुस : धेरै जसोले मोबाइल साइलेन्समा राख्नका लागि भाइब्रेसन मोडमा लैजान्छन् । लगातार भाइब्रेसनमा राखेर चलाइने फोनको ब्याट्री चाँडै डिस्चार्ज हुने गर्छ । ब्याट्रीको आयु कम हुने एक प्रमुख कारण यो पनि हो ।

५ ) अन्य:

  • ब्याट्री सेभर नाम क कुनै पनि Third Party Apps इन्स्टल नगर्ने
  • अनावस्यक र नचाईने सबै Apps अनइन्स्टल गर्ने 
  • मोबाइल को सफ्टवेयर र हार्डवेयर निरन्तर अपडेट गर्ने 
  • ओर्जिनल र ब्रान्डेड चार्जर नै प्रयोग गर्ने 

माथि बताइए अनुसार तपाईले आफ्नो व्यवहार मा लागु गर्नु भयो भने पहिलेको तुलनामा ज्यादा ब्याट्री बचत भएको तपाहिले अनुभव गर्नुहुनेछ ।

–  nari.ekantipur.com

[addthis tool=”addthis_inline_follow_toolbox_0ydp”]

November 24, 2018
0 FacebookTwitterPinterestWhatsappTelegramEmail
InformationsTech

स्मार्टफोन तात्ने समस्या छ ? चिन्ता नगर्नुस, अपनाउनुस् यी ५ टिप्स

by Subas Niraula October 20, 2018

तपार्इं हामीले प्रयोग गर्ने स्मार्टफोन कुनैपनि बेला तात्न सक्दछ । प्रयोग गर्दागर्दै स्मार्टफोन तातेको बेला के गर्नुहुन्छ ? फोन चलाउन छाडेर गोजीमा राख्ने, कानबाट हटाउने, गोजीबाट निकाल्ने आदि आदि । कहिलेकाहीँ नचलाउँदा नचलाउँदै पनि फोन तात्ने समस्या आउन सक्दछ । आखिर फोन अनायासै तात्नुको कारण के हो ? वास्तवमा यसका विभिन्न कारण हुनसक्दछन् । एउटा कारण हार्डवेयरको समस्या । हार्डवेयर, जसलाई स्मार्टफोनको मस्तिष्क पनि भनिन्छ । फोनभित्रको हार्डवेयरको समस्याले मात्र होइन कहिलेकाहीँ विभिन्न बाहिरी कारणले पनि स्मार्टफोन तात्न सक्दछ ।

फोन तात्ने कारण र त्यसको उपचारका ५ टिप्स यस्ता छन्ः
१. आरामको आवश्यकता: स्मार्टफोन तातो हुनुका लागि सबैभन्दा महत्वपूर्ण कारण चाहीँ स्मार्टफोन धेरै प्रयोग गर्नु पनि हो । फोनलाई विभिन्न बाहिरी डिभाइसहरु जस्तै स्पिकर, वाइफाइ सिग्नल, बलुटुथ आदिसँग कनेक्ट गर्दा पनि फोनको कार्यमा बढोत्तरी हुनजाने र तात्ने हुन्छ । लामो समय फोनमा गेम खेल्दा वा कुनै एप चलाउँदा पनि फोन तात्दछ । लगातार तस्वीर तथा भिडियो खिच्ने कामले पनि फोन तात्दछ । यस्तोमा तपाइँको स्मार्टफोनलाई आरामको आवश्यकता हुन्छ । तपाइँ लामो समयदेखि फोन चलाइरहनु भएको छ भने केही बेर विश्राम दिनुहोस् । केहीबेर फोनको स्क्रिन अफ गरी राख्नुहोस् । फोन चलाउँदा पनि यसको ब्राइटनेस कम गर्नाले तातोपना केही कम हुन्छ ।

२. धेरै गर्मी वा ठण्डी मौसम: यसका लागि स्मार्टफोन होइन बाहिरी वातावरण जिम्मेवार हुन्छ । स्मार्टफोन स्मार्ट जरुर हुन्छ तर धेरै गर्मी र धेरै चिसो वातावरणका लागि यो बनेको हुँदैन । त्यसैले फोनलाई धेरै चिसो र धेरै तातोबाट बचाउनुहोस् । फोनलाई सिधै घाम पर्नेगरी नराख्नुहोस् । बढि आद्रता भएको ठाउँमा पनि फोन नराख्नुहोस् । फोन बढि नै तातेको छ भने पंखालको नजिक लगेर विस्तारै चिसो पार्नुपर्दछ । तर चिसो बनाइहाल्नका लागि फ्रिजमा राख्नु हुँदैन ।

३. फोनमा भाइरस: फोनमा भाइरस आक्रमण हुँदा वा भाइरसजन्य एप इन्स्टल हुँदा पनि फोन तात्ने समस्या सिर्जना हुनछ । त्यसैले अपरिचित वा शंकास्पद श्रोतका एप डाउनलोड नगर्नुहोस् । फोनको सेटिंग्समा गएर अननोन सोर्सेजबाट आउने खालका एप डाउनलोड हुने अप्सन नै बन्द गर्न सक्नुहुन्छ । यदि फोनमा कुनै भाइरस छिरिसकेको छ भने फोनलाई फम्र्याट गरिहाल्नुस्।

४. फोनको कभर: स्मार्टफोनको सुरक्षाका लागि फोनमा बाहिरी खोल राखिन्छ । तर फोनलाई सुरक्षित राख्न भने अपनाइएको त्यहीँ उपाय कहिलेकाहीँ समस्याको कारक बन्दछ र फोन तात्ने समस्या उत्पन्न हुन्छ । त्यसैले फोन धेरै तातेको बेला त्यसको बाहिरी खोल निकालेर केहीबेर राख्नुहोस् । खोलभित्र राखेर चार्ज गर्ने र धेरैबेर चलाउने नगर्दा नै राम्रो हुन्छ ।

५. ब्याट्रीको निगरानी: लिथियम ब्याट्री निकै कमजोर हुन्छ । ब्याट्रीको समस्यका कारण पनि कहिलेकाहीँ स्मार्टफोन तात्ने कारण बन्दछ । कतिपय घटनामा त ब्याट्रीको समस्याले फोन नै पड्किएको र आगाले लागेको पनि सुनिएको छ । त्यसैले ब्याट्रीको सुरक्षामा ध्यान दिनुपर्दछ । ब्याट्रीलाई आवश्यकता भन्दा धेरै चार्ज नगर्नुहोस् । फूल चार्ज भन्दा हरेक पटक ८०–९० प्रतिशत चार्ज गर्दा राम्रो हुन्छ । त्यस्तै सक्कली चार्जरको प्रयोग गर्ने र ब्याट्री बिग्रिएर फेर्नुपर्दा सम्बन्धित ब्राण्डको सक्कली ब्याट्री नै हाल्नुपर्दछ ।

–  OnlineKhabar.com

[addthis tool=”addthis_inline_follow_toolbox_0ydp”]

October 20, 2018
0 FacebookTwitterPinterestWhatsappTelegramEmail
Tech

How Secure is your WiFi Router? | वाइफाइ राउटर कति सुरक्षित ?

by Subas Niraula December 31, 2018

हामीले नयाँ वाइफाइ राउटर किन्दा कहिले पनि शक्तिशाली नेटवर्क सुरक्षाबारे ध्यान दिँदैनौं । खासगरी घरमा जोड्ने राउटर भनेपछि हामी केवल त्यसको स्पिड र कभर गर्ने एरियाका बारेमात्रै ध्यान दिन्छौं ।अब भने हामीले आफ्नो सोचमा परिवर्तन गर्ने बेला भएको छ । नेटवर्क सुरक्षा शक्तिशाली हुन किन जरुरी छ भने त्यो नै हाम्रो इन्टरनेटमा प्रवेश गर्ने मुख्य द्वार हो । यदि सुरक्षा प्रणाली राम्रो नभएकै कारण राउटरमा नचाहिंँदो सफ्टवेयरले प्रवेश पायो भने हाम्रो मोबाइल फोन, कम्प्युटर, स्मार्ट वाच, टिभी लगायतका घरेलु उपकरणहरू त्यसबाट प्रभावित हुन सक्छन् । अहिलेको अवस्थामा साइबर थ्रेटबाट बच्नका लागि आफूले प्रयोग गर्ने नेटवर्क सुरक्षित हुन अत्यन्तै जरुरी भएको छ । राउटरलाई सुरक्षित बनाउने सरल उपाय भनेको त्यसको समय समयमा ‘Firmware’(उक्त राउटर चलाउनका लागि प्रयोग हुने सफ्टवेयर) लाई अपडेट गरिरहनु हो, त्यसरी नै जसरी हामी हाम्रो मोबाइललाई अप–टु–डेट राख्न अपडेटहरू गरिरहन्छौं ।
राउटरको ‘फ्रिमवेयर’ अपडेट कसरी गर्ने:

  •  सुरुमा त्यो राउटरको इन्स्ट्रक्सन म्यानुअल हेरेर त्यसको आईपी एड्रेस पत्ता लगाउने । त्यो आईपी एड्रेसलाई इन्टरनेट ब्राउजरको वेबसाइट खोल्ने स्थानमा लेख्ने । यसरी हामी राउटरको वेब ड्यासबोर्डमा पुग्छौं ।
  • उक्त ड्यासबोर्डमा युजरनेम र पासवर्ड राखेर खोल्ने । त्यहाँबाट भित्र प्रवेश गरिसकेपछि फ्रिमवेयर सेटिङ्समा जाने र नयाँ फ्रिमवेयरको खोजीका लागि भनेर राखिएको बटनलाई क्लिक गर्ने ।
  • यदि उक्त राउटर बनाउने कम्पनीले नयाँ अपडेट दिएको छ भने त्यसलाई सेलेक्ट गर्ने र राउटरलाई रि–स्टार्ट गर्ने । यही प्रक्रियालाई हरेक ३ देखि ६ महिनामा पुन: दोहोर्‍याउने ।
  • राउटरको युजरनेम र पासवर्ड नौलो प्रकारको राख्ने ।
  • आफ्नो राउटरलाई केही वर्षको अन्तरालमा परिवर्तन गर्ने ।

जब हामी माथि उल्लेखित विधिबाट राउटरको ड्यासबोर्डमा राउटरको युजरनेम र पासवर्ड हाल्ने स्थानमा पुग्छौं, धेरै जसोको युजरनेम ‘admin’ हुन्छ र पासवर्ड कित ‘passw0rd’ नै लेखिएको हुन्छ वा ‘1234’। यदि यस्तो युजरनेम र पासवर्ड छ भने तपाईंको राउटर सधैं असुरक्षित हुन्छ । किनभने यस्तो युजरनेम र पासवर्ड भएका राउटरको कभरेज एरियामा पर्ने जोकोहीले पनि सजिलै त्यसमा प्रवेश गरेर सेटिङ्सहरू परिवर्तन गरिदिन सक्छ र त्यसलाई अन्यत्रबाट पनि नियन्त्रण गर्न सजिलो हुने बनाइदिन सक्छ ।राउटरले राम्रोसँग काम गरिरहे पनि त्यसलाई केही वर्षको अन्तरालमा परिवर्तन गर्नु राम्रो र सुरक्षित हुन्छ । कम्पनीले समय–समयमा निकाल्ने अपडेटहरू सबै राउटरका लागि हुन्छन् भन्ने केही जरुरी छैन । केही समय पहिलाका राउटरहरूका लागि उत्पादकहरूले अपडेटहरू नबनाउने हुँदा समय–समयमा राउटर फेर्नु बुद्धिमतापूर्ण हुन्छ । राउटर फेर्ने बेला भयो कि भएन भनेर थाह पाउन उक्त राउटर कम्पनीको वेबसाइटमा गएर हेर्न सकिन्छ । यदि कम्पनीले गएको वर्षदेखि नै फ्रिमवेयर अपडेट प्रदान गरेको छैन भने उक्त मोडलको राउटर कम्पनीले बनाउन बन्द गर्‍यो भन्ने बुझिन्छ । अब त्यस राउटरलाई परिवर्तन गर्नु नै सुरक्षित हुन्छ ।

–  www.kantipurdaily.com

[addthis tool=”addthis_inline_follow_toolbox_0ydp”]

December 31, 2018
1 FacebookTwitterPinterestWhatsappTelegramEmail
Load More Posts
  • Facebook
  • Twitter
  • Instagram
  • Pinterest
  • Youtube
  • Email
  • Reddit
  • 500px
  • BLOG
  • DESIGNS
  • WALLPAPERS
  • TECH ARTICLES

Copyright © Subas Niraula | All Rights Reserved


Back To Top